बागलुङका योजना निरीक्षणमा गण्डकीका भौतिकमन्त्री

पाेखरा | मंसिर ३, २०८१

बागलुङका योजना निरीक्षणमा गण्डकीका भौतिकमन्त्री

पोखरा:     गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री प्रकाशबहादुर केसीले बागलुङमा सञ्चालित योजनाहरुको निरीक्षण गरेका छन् । 

मन्त्री केसीसहित मन्त्रालयको टोलीले शुक्रबार र शनिबार बागलुङका चार वटा योजनाको निरीक्षण गरेको हो । 


टोलीले शुक्रबार गल्कोट–हरिचौर–हिल्ल्तार–म्याग्दी सडक, शनिबार बुर्तिबाङ–तमानखोला–लमेला सडक र गाडीखोला– ढोरपाटन सडकसँगै चक्ती खोलामा बनेको पुलको निरीक्षण गरेको हो । 


गल्कोट–हरिचौर–म्याग्दी १०.८९४ किलोमिटर सडक स्तरोन्नतीका लागि २०७६ साल कात्तिक २७ मा २८ करोड १५ लाख ७ हजारमा एमएस एपेक्स खड्का कृष्ण जेशीसँग सम्झौता भएको थियो । 


सम्झौता अवधि सकिन करिब ५ महिना बाँकी रहेको सडकको काम ६७ प्रतिशत सकिएको छ ।बुर्तिबाङ–तमानखोला १०.२ किलोमिटर सडक गत साउनमा २ वर्षभित्र सक्ने गरी सम्झौता भएको छ । निर्माणका लागि एसी कन्ट्रक्सनले १२ करोड ७४ लाख ७ हजार ८ सय ४२ रुपैयाँमा सम्झौता गरेको थियो । 


सडकको निरीक्षण गर्दै मन्त्री केसीले समयसीमा भित्र काम सक्न निर्माण व्यवसायीलाई निर्देशन दिए । उनले जनताबाट गुनासो नआउने गरेर काम गर्नसमेत आग्रह गरे । 


यस्तै चक्ति खोलामाथि बनेको २.८ किलोमिटर पुलसँगै १०.३६० किलोमिटर गाडीखोला–ढोरपाटन सडकको निर्माण सकिएको छ । उक्त सडकको निरीक्षण गर्दै मन्त्री केसीले गाडीखोलाबाट ढोरपाटन जोड्न सकिए यात्रा थप सहज हुने भन्दै थप सडक निर्माणमा चासो व्यक्त गरे । 


अनुमगनपछि मन्त्री केसीले बागलुङका योजनाबारे पूर्वाधार विकास कार्यालय बागलुङसँग छलफलसमेत गरेका थिए । छलफलका क्रममा पूर्वाधार विकास कार्यालय बागलुङका कार्यालय प्रमुख सीडीई दिनेशकुमार घिमिरेले बागलुङका योजनाबारे मन्त्री केसीलाई योजनाबारे जानकारी गराए । घिमिरेले कार्यालयमा कर्मचारीको समस्या रहेको भन्दै थप कर्मचारी पठाइदिन आग्रह गरे । 


भौतिक पूर्वाधार मन्त्रालयका सचिव कमल प्रसाद अधिकारीले छलफल गरेर कर्मचारी पठाउने प्रतिबद्धता व्यक्त गरे । भौतिक मन्त्री केसीले समयसिमाभित्र निर्माण सक्ने गरी ठेकेदारलाई काम लगाउन कार्यालय प्रमुखलाई निर्देशन दिए ।


 ‘केही समस्या छ भने त्यहिअनुसार अगाडि बढ्नुहोला । जनगुनासो कत्ति पनि नआओस् कुनै पनि काममा । पार्दशी तरिकाले गर्नुहोला, गुणस्तरयुक्त काम गर्नेमा ध्यान दिनुहोला । भोलि गएर कुनै पनि कुरा सुन्न नपरोस्,’ उनले भने । काम छोडेर गएका ठेकेदारलाई मन्त्रालयमै बोलाएर छलफल गर्ने मन्त्री केसीले बताए । 


नेकपा (एमाले)का सांसद केसी गत भदौ १७ मा भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री नियुक्त भएका थिए । मन्त्री बनेपछि केसीले अत्यावश्यकबाहेक भेला, समारोह, गोष्ठीजस्ता काममा नजाने योजनाअनुसार निर्णय गरेका थिए । त्यसयता मन्त्री केसी मन्त्रालयकै आन्तरिक काममा व्यस्त छन् । 


मन्त्री बनेको साढे दुई महिना अवधि मन्त्रालयको प्रशासनिक र भौतिक अवस्था, वार्षिक विकास कार्यक्रमका योजनाको अवस्था, मन्त्रालय मातहतका निकायको प्रगति र समस्या बुझ्न खर्चिएको मन्त्री केसीले सुनाए । 


अब बेलाबखत प्रदेश सरकारको लगानीमा निर्माणाधीन योजनाको निरीक्षणमा निस्कने बताए । ‘ठूला योजना जसले जनताको आर्थिक, सामाजिक उन्नतिक हिसाबले अर्थ राख्छ ती योजनाको बेलाबखत निरीक्षण गर्छु, उनले भने, ‘फिल्डमा जाँदा यथार्थ बुझिन्छ । आफू स्वयं गएर बुझेपछि अबको बजेटमा ती योजना समेट्न, संघ सरकारको सहयोग चाहिएमा प्रधानमन्त्री, भौतिक मन्त्रीसँग भन्न पनि सजिलो हुन्छ ।
 

काठमाडौं:   प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो  सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...

थप पढ्नुहोस्

चितवन:  जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।  उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...

थप पढ्नुहोस्

काठमाडौं:   नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

थप पढ्नुहोस्